पूर्वाञ्चल खबर
नेपाल तरुण दल पथरी शनिश्चरे वार्ड न. १ को आयोजकमा “हाम्रो पथरी राम्रो पथरी“ अभियान समापन भएको छ । तीन दिन अभियान नेपाल तरुण दलले आयोजना गरेको थियो । पथरीशनिश्चरे बजार सरसफाई अभियानमा यूवाहरुले बिहान ७ बजे देखि ९ बजे सम्म बजार एरियाको बाटो सरसफाई गरेका हुन् ।
चैत बैशाखको हावा हुरिले उडाएर ल्याएको धुलोको कारण जनमानसमा पर्ने असर न्युनिकरण गर्न सरसफाइ अपरिहार्य रहेकाले सरसफाई सुरु गरेको नगर सभापती सन्तोष कटुवालले जानकारी दिए । साथै सबैले आआफ्नो अगाडि मात्र सरसफाइ गरे पनि केही हद सम्म बाताबरण स्वच्छ रहने कुराको अवगत गराउँदै सबैलाई सरसफाई कार्यमा सहभागिहुन मोरङ बस व्यवसायी संघका अध्यक्ष धनकुमार तामाङले अनुरोध गरे ।
तरुणले गरेको सरसफाईले समाजमा राम्रो कामको सुरुवात भएको भन्दै विभिन्न संघ सस्था, व्यापारी र स्थानीय ब्यक्तीहरुले सरसफाई कार्यमा साथ दिएका छन । उक्त सरसफाई कार्यले बजार सुन्दर देखिएको छ भने नगरपालिकाले उचीत पार्किङको ब्यवस्था नगरेकाले पार्किङको समस्या यथावत रहेको जनमानसमा गुनासो रहेको छ ।