पूर्वाञ्चल खबर
३५ बर्ष देखि १२ धुर जग्गामा घर बनाएर बसोवास गरिरहेका आफ्ना नेता मित्रलाई उठाउन खोजको भन्दै न्यायिक समितिले विरोध जनाएको हो ।
विगत ३५ वर्षदेखि १२ धुर जग्गामा घर बनाएर बसेका प्रधानलाई विराटनगर ६ सरौचियाका विजय मल्लले अनेक बहाना बनाएर घर उठाउन खोजी रहेको भन्दै समितिले पत्रकार सम्मेलन गरी कडा विरोध जनाएको हो ।
सो जग्गाको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । पार्टीका न्यायीक विभागका कोशी ब्यूरो सदस्य नरेश शर्माले मल्लले आफ्ना नेता प्रधानलाइृ अनावश्यक दुःख दिएको बताएका छन् ।
पुराना कम्युनिष्ट नेता लब प्रधान(मित्र)ले नेपालमा सामन्तवादको मुख्य नाइकेको अवसान भएपनि केही अवशेष बाँकी रहेकाले आफूलाई दुःख दिइरहेको बताएका छन् । पञ्चायत कालमा राजा विरोधी गतिविधमा लागेका उनलाई पञ्चहरुले अनेक दुःख दिएका थिए । बहुदलमा पनि उनी एमालेपाटीबाट पीडित भएका थिए ।
धनाड्य मल्लले त्यस टोलको ऐलानी जग्गा कब्जा गर्ने उद्देश्यले विभिन्न बाहानामा आफूहरुलाई उठिबास लगाउन खोजीरहेको प्रधानको गुनासो छ । बिप्लप नेतृत्वको माओवादीले भने जग्गा विवादबारे सर्वोच्चमा पेश भएको दाबीबाट पछि हट्न मल्ललाई आग्रह गरेको छ ।