खबर पूर्वाञ्चल
सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । उनले अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र सिमित भएको बताए । मन्त्री घिमिरेले भने,‘ संक्रमित १४ जिल्लाका भएपनि संक्रमण १४ जिल्लामा छैन ।’
प्रदेश १ मा समुदायमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले समुदायमा नभएको उनले बताए । मन्त्री घिमिरेले भने ‘समुदायमा संक्रमण भए प्रकट हुने थियो ।’ कोरोना संक्रमितहरु उपचार पछि घर फर्कनेको अनुपात राम्रो भएको मन्त्री घिमिरेको भनाई छ । प्रदेशको अवस्था सकारात्मक भएपनि चुनौति भने यथावत रहेको मन्त्री घिमिरेले बताए । भारतले कोरोना निदान गरेको घोषणा नगर्दासम्म प्रदेश १ को चुनौति भने कायमै रहने उनको भनाई छ ।
सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा कोरोना भाईरसको खोज पड्ताल, परीक्षण र उपचारका क्षेत्रमा गरिएको कार्यबारे पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । सामाजिक विकास मन्त्रालयले भोलीदेखि नियमित मिडिया व्रिफिङ गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार हरेक दिन २ देखि २ ः ३० वजे भित्रमा मिडिया व्रिफिङ गरिने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।