AArya
RUMPUM
animated ellipse animated ellipse

सभामुखमा महरा निर्विरोध निर्वाचित, औपचारिक घोषणा शनिबार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७४, शुक्रबार १४:१४
3
Shares
फाइल तस्वीर
काठमाडौं,२५ फागुन / प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृण्णबहादुर महराकोे एक्लो उम्मेदवारी परे पछी निर्विरोध निर्वाचित भएका छन् ।

संयुक्त वाम गठबन्धनबाट माओवादी केन्द्रका महराले आज सवा ११ बजे सभामुखमा मनोनयन दर्ता गराएका थिए । औपचारिक घोषणा भने शनिबार हुनेछ । वाम गठबन्धनको सहमती अनुसार माओवादीले सभामुख पद पाएको थियो। महरालाई सभामुखमा अघि सार्ने निर्णय माओवादी केन्द्रको सचिवालय बैठकले गरेको थियो ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ रहेका थिए । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर