AArya
RUMPUM
animated ellipse animated ellipse

बाल आश्रममा जन्मदिन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७४, मंगलवार ०६:४०
3
Shares
धरान ,२२फागुन /बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले आफ्नो जन्मदिनको खुशियाली धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाहरूसँग खुशी साटासाट गर्ने अभियान सुरु गरेका छन् ।

प्रतिष्ठानमा एम. बि. बि. एस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी शुभमकुमार अग्रवालले आफ्नो जन्मदिन आश्रममा बालबालिकाहरुसँग मनाएका हुन् । २२ औ वर्षको जन्मदिनमा अग्रवालले आश्रमका २५ जना बालबालिकाहरुलाई खाजा खुवाएका थिए । यसका साथै अग्रवालले बालबालिकाहरुलाई आवस्यक इरेजर , पेन्सिल , कलम , कलर पेन्ट , कापी , बिस्कुट आदि सामानहरु दिएर सहयोग गरेका छन् । कार्यक्रम प्रतिष्ठानको आस्क परिवारले आयोजना गरिदिएको हो ।

विद्यार्थीहरुले यस अघि भोज खुवाएर रमाइलो गरी मनाउने गरेको तर यस पाली नयाँ तरिकाले मनाइएको अग्रवालले बताए । यसरी मनाउँदा मनमा सन्तुिष्ट मिलेको उनको भनाई थियो । अग्रवालका साथै आश्रम पुगेका अन्सुमन करकले जन्मदिन मनाउने नाममा तडकभडक गर्नु भन्दा आश्रमा आश्रीत बालबालिकारुलाई सहयोग पुगोस् भनेर खुशी साटासाट गरेको बताए ।

यसअघि नयाँ बर्षमा र शीतलहर बढे लगतै पनि आस्क परिवारले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर