AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप कलेज र कोशी अन्तर कलेज क्रिकेटको सेमिफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७४, मंगलवार १९:१५
3
Shares
सुनसरी, १५ फागुन /इटहरीमा जारी एक नम्बर प्रदेशस्तरिय एक्सपर्ट अन्तर कलेज क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आज सम्पन्न खेलहरुमा कोशी सेन्टजेम्स इटहरी र शिक्षादिप कलेज बिराटनगर बिजयी भएसंगै सेमिफाइनल समिकरण पूरा भएको हो । यसअघि सोमबार भएको खेलबाट जनता बहुमुखी क्याम्पस इटहरी र विश्वआर्दश कलेज सेमिफाइनल प्रवेश गरिसकेका छन ।

समुह क बाट जनता कलेज बिजेता र कोशीसेन्टजेम्स उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गगरेको छ भने समुह ख बाट शिक्षादिप कलेज बिजेता र बिश्वआदर्श उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालय इन्टरनेशनल काठमाण्डौको आयोजनामा भएको पहिलो खेलमा सुष्मा गोदावरी कलेजलाइ ७ रनले पराजित गर्दै कोशी सेन्टजेम्स सेमिफाइनलमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोशीसेन्टजेम्सले निर्धारित १५ ओभरको खेलमा ७ विकेट गुमाउदै ९० रनको स्कोर खडा गरेको थियो । जसमा आकाश राइले २१ रन बनाउँदा अस्मित कार्कीले १६ रन बनाए । शुष्मा कलेजका रोशन पुरी एक्लैले ४ विकेट लिए । जवाफमा ९१ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको शुष्मा कलेजले निर्धारित १५ ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । जसमा सरोज कटुवालले सर्वाधिक ४४ रन बनाउँदा कमल गुरुङले १० रन बनाए । कोशीका सुमित तिमल्सिना, अस्मित कार्की र अभि भण्डारीले २–२ विकेट लिए । खेलको म्यानअफ द म्याच कोशीसेन्टजेम्सका अस्मित कार्की घोषित भए ।

दोस्रो खेलमा शिक्षादिप कलेज बिराटनगरले कस्तुरी कलेज इटहरीलाइ २९ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको शिक्षादिप कलेजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय २० रनको योगफल खडा गरेको थियो । जसमा रेवती यादवले सर्वाधिक ४१ रन बनाए भने अनुज यादवले १८ रन तथा राजन मगरले १५ रन बनाए । कस्तुरीका एलन राइले २ विकेट लिए । जवाफमा १ सय २१ रनको बिजयी लक्ष्य पछ्याएको कस्तुरी कलेज १७ दशमलव २ बलमा ९१ रन जोड्दै अलआउट भएपछी शिक्षादिपले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

कस्तुरीका कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउँन सकेनन । शिक्षादिपका आयुस ओडारी एक्लैले ५ विकेट लिए । सो खेलको म्यान अफ द म्याच शिक्षादिपकै ओडारी घोषित भए । प्रतियोगिता अन्र्तगत बुधबारको पहिलो सेमिफाइनल खेल जनता बहुमुखी क्याम्पस इटहरी र बिश्वआदर्श कलेज बिच हुनेछ । यस्तै दोस्रो खेल शिक्षादिप कलेज बिराटनगर र कोशीसेन्टजेम्स कलेज इटहरी बिच हुने प्रतियोगिता संयोजक एवंम सुनसरी जिल्ला फूटबल संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर