AArya
RUMPUM
animated ellipse animated ellipse

एक कल फोन गर्न दुई दिन पैदल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७४, बिहीबार ०७:३८
3
Shares
कर्णाली,१० फागुन / नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सीडीएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णाली क्षेत्रमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ ।

हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट बञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन्। धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन्।

मुगुका बासिन्दाले आफन्तसँग एक कल फोन गर्न दुई दिनसम्म हिँड्नु पर्छ। यहाँका ६० प्रतिशत परिवार अहिले पनि टेलिफोन सेवाको पहुँचबाहिर छन्। ११ वडा रहेको सोरु गाउँपालिकामा नेपाल टेलिकमको एउटा मात्रै टावर छ।

त्यसले सीमित ठाउँसम्म मात्र काम गर्ने भएकाले स्थानीय बासिन्दा एक दिनसम्म हिँडेर फोनस्थल पुग्छन्। यहाँका दर्जनौं गाउँमा टेलिफोन सुविधा छैन। टेलिफोन सेवा भएका दुईवटा वडामा पनि घरभित्र बसेर सम्पर्क हुँदैन ।,यो खबर नयाँ पत्रिका दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर