AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

युथ–१९ टिममा नपरेपछि पाकिस्तानी क्रिकेटरले गरे आत्महत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७४, बुधबार २२:४७
3
Shares
इस्लामाबाद,९ फागुन/ युथ–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि पाकिस्तानी क्रिकेटरले आत्महत्या गरेका छन्। उनले आफूलाई फाँसी लगाएर आत्महत्या गरेका हुन्। जियो न्युज समाचार अनुसार पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर आमिर हनिफका छोरा महमद जरयाब हुन् ।

उनलाई उमेर बढी भएको भन्दै युथ–१९ टिममा समावेश गर्न अस्विकार गरिएको थियो। यसबाट निराश जरयाबले आत्महत्या गरेका हुन्। हनिफले भने, ‘मेरो छोरा माथि दबाब बनाउने काम भयो। उसलाई उमेर ठूलो भएको भनिएको थियो। प्रशिक्षकको व्यवहार पनि उनी माथि त्यति राम्रो थिएन्। प्रशिक्षककै कारण उसले बाध्य भएर यस्तो निर्णय लिएको हो।’

हनिफले १९९० तिर पाकिस्तानबाट पाँच एकदिवसीय खेल खेलेका छन्। जरयाबले जनवरीमा लाहोरमा भएको युथ–१९ प्रतियोगितामा कराचीबाट प्रतिनिधित्व गरेका थिए। जहाँ उनलाई चोट लागेपछि घर पठाइएको थियो। उनले त्यतिबेला आफूलाई एक्लै घर पठाउने निर्णयको विरोध गरेका थिए। यसपछि उनलाई पुनः टिममा समावेश गर्ने आश्वासन दिइएको थियो।

तरपछि उनलाई उमेर ठूलो भयो भनेर हटाइएको थियो। हनिफले प्रशिक्षक र देशमा युथ–१९ क्रिकेट सञ्चालन गर्ने मानिसहरू मिलेर आफ्नो छोरालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाए। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर