AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेशस्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ फाल्गुन २०७४, बुधबार २०:१३
3
Shares
सुनसरी, ९ फागुन / इटहरीमा एक नम्बर प्रदेशस्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपालय इन्टरनेशनल काठमाण्डौको आयोजनामा फागुन १३ देखि २० गते सम्म एक्सपर्ट अन्तर कलेज स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताले क्रिकेट खेलका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि सहयोग पुग्ने कार्यक्रम संयोजक एवम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले बताए । देशका ठूला १२ वटा शहरहरुमा सञ्चालन हुने यो प्रतियोगिता अन्तर्गत प्रदेश १ को इटहरीमा हुन लागेको प्रतियोगितामा इटहरी क्षेत्रका कस्तुरी, कोशी सेन्टजेम्स, सुषमा गोदावरी, विश्व आदर्श, जनता कलेज र बिराटनगरका केही कलेजलगायत १० वटा कलेजको सहभागिता रहने बताईएको छ ।

प्रतियोगितामा प्रथम हुनेले क्रिकेट ब्याट सहित किट मेडल प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले पनि क्रिकेट जर्सी सहित अन्य मेडल प्रमाण पत्र एवम ट्रफि प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान आफ म्याच सर्वोत्कृष्ठ खेलाडीको ट्रफि प्रमाण पत्र बेष्ट बलर ट्रफि प्रमाण पत्र आदि पुरस्कार समेत उपलब्ध गराईने जानकारी गराए । अढाई लाख रुपियाँको खर्चमा सम्पन्न हुने प्रतियोगिताका विजेता टिमलाई काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउँने संयोजक पौडेलले जानकारी दिए ।
काठमाण्डौमा हुने प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने टिमलाई बङ्गलादेश र श्रीलङ्कामा भ्रमण गराउने आयोजकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर