पूर्वाञ्चल खबर
व्यववसाय संचालन गरेर आएको रकम घर खर्चका लागी पठाउने गर्दछन । आय श्रोत जुुटाएको रकमले उनीहरुलाई घरखर्च चलाउन सजिलो भएको छ भने अर्कोतिर वृद्धाआश्रमलाई समेत केहि रकम दान गर्ने गरेका छन ।
व्यवसायका लागि प्रशासनले व्यवस्थापन गरेपछी कैदीहरुले कारागारवाटै सिप मुुलक व्यवसाय संचालन गरेर जिविकोपार्जन गरिरहेका छन् ।

कारागारमा मुुढा व्यवसायमा लागेका तिर्थ दाहाल मुुढा विक्रीबाट आएको रकम परिवार धान्न सहयोग पुुगेको बताउछन् ।मुुढा विक्री गरेर आएको रकम परिवारमा पठाउने गरेको उनको भनाई छ । प्रशासन अनुुसार कारागार भित्र तीन सय भन्दा बढी कैदीहरु टोपी वुुन्ने तथा मुुढा र फर्निचर बनाउने पेशामा सलग्न छन ।
कालिबहादुुर राई विगत पाँचवर्ष यता कारागरामा टोपी बुुन्ने व्यवसायमा संलग्न छन् । प्रशासनको सहयोगका कारण व्यवसाय संचालनमा निकै सहयोग पुुगेको उनको भनाई छ ।आफुसँग जागर र सिप भएका कारण टोपी बुुन्ने काम गरेको र टोपी वुुनेर आएको रकमबाट घरखर्च पठाउने गरेको सुनाउँछन् ।
पेशामा संलग्न एकजना कैदीले मासिक १० देखि १२ हजार रुपैयासम्म आम्दानी गर्छन् । कैदीहरुले मासिक डेढसय मुुढा तथा हप्तामा आठसय टोपी र अर्डर अनुुसारको फर्निचर बनाउने गर्दछन । व्यवसायकालागि स्थानिय स्तरबाटै कच्चापर्दाथ उपलव्ध हुुने गरेको कारागारका चौकिदार अभिषेक गिरीले जानकारी दिए ।
मूढा बनाउन प्रयोग हुुने बाँस तथा टोपी बनाउन चाहिने धागो तथा फर्निचरकालागि चाहिने काठ स्थानिय बजारवाट उपलव्ध हुने गरेको जानकारी दिए । कारागारमा उत्पादीत बस्तुहरु गुुणस्तरीय र मौलिकपन भएकाले त्यस्ता वस्तुुहरुको माग वजारमा बढेको छ ।
टाढा–टाढाका व्यापारीहरु समेत कारागारमै आएर तयार पारिएका समानहरु खरिद गरेर लाने गरेका छन् । यसरी बनेका समानको बिक्रीकालागि कारागार प्रशासनले सहयोग पुु¥याउदै आएको छ । कैदीहरुको सिपलाई देखेर कारागारमा गार्मेन्ट संचालन गर्ने तयारी भइरहेको कारागार प्रमुुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
उनले कारागारका कैदीहरुको सिप र जागरलाई देखेर गार्मेन्ट संचालनका लागि केन्द्रमा पहल गरेको र त्यसका लागी केन्द्रपनि सकारात्मक रहेको बताए । कारागारमा वनेका टोपी मुुढा तथा फर्निचरका समानहरु धरान काठमाडौं तथा स्थानिय वजारमा जाने गरेको छ ।
कारागार प्रशासनले व्यवसाय संचालनलागि सहयोग पुु¥याएपछि घरबाट टाढा र विरक्तीएका कैदी बन्दीहरुलाई समय काट्न सहज भएको छ भने अर्को तर्फ आउने आम्दानीले परिवार धान्न समेत सजिलो भएको छ । तस्वीर- पुष्पराज थपलिया /खबर पूर्वाञ्चल