खबर पूर्वाञ्चल
प्रदेश नम्बर १ को कांग्रेस संसदीय दलका लागि नेताका लागि चन्द्रशेखर थापाले अन्तिम समयसम्म आएर उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन् । यसअघि दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचन मार्फत नेता छान्ने प्रक्रिया सुरु भएको थियो । तर अन्तिम समयमा आएर केदार कार्कीले र थापाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध रुपमा निर्वाचित भएपछि संसदीय प्रतिपक्ष दलका नेता राजीव कोइरालाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले विकास निर्माणमा संसदीय दलसँग समन्वय गरेर अगाडि बड्ने बताउनु भयो । प्रदेश १ मा कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रदेशसभामा नेपाली कांग्रेसले २१ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ जना प्रदेशसभा सदस्य बनेका छन् ।