AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीपको उपाधि विकेभिएमलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७४, सोमबार १५:२९
3
Shares
विराटनगर, ७ फागुन / प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरमा रहेको विकेभिएम स्कूलले हात पारेको छ ।

विकेभिएमले आज भएको फाइनल खेलमा चिरप्रतिद्वन्दी सगरमाथा सेकेन्डरी स्कूललाई पराजित गरि उपाधि हात पारेको हो ।

मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न भएको फाइनलमा

सगरमाथालाई बिकेभिएमले २५–१८, २५–१८ र २५–१३ को सोझो सटेले पराजित गरी भलिबलको उपाधि जितेको छ ।

जितसँगै बिकेभिएमले ट्रफि, मेडल तथा प्रमाणपत्र हात पा¥यो । उपविजेता सगरमाथा स्कूल भयो । तृतीय विराटनगरमा रहेको मोर्डन एरा स्कूल भयो । मोर्डन एराले अरनीको स्कूललाई २५–१९, २५–२१ र २८– २६ को सोझो सेटले पराजित गरी मोर्डन एरा तेस्रो भयो ।

प्रतियोगिताको विजेता हुने विद्यार्थीहरुलाई उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य अविनास बोहरा, मोरङ विद्यालय भलिबल कमिशनको अध्यक्ष प्रेमलालसिंह सुवाल, विकेभिएम स्कूलका प्रिन्सिपल रविन दाहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर