RUMPUM
animated ellipse animated ellipse

ज्ञान सारथीले मनायो अभिभावक दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७४, शुक्रबार २०:३२
3
Shares
विराटनगर, ४ फागुन/ विराटनगर–३ स्थित ज्ञान सारथि विद्यापीठले आज अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

विद्यापीठले विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइसँगसँगै उनीहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल एलिना बस्नेतले बताइन । उनले भनिन्, ‘हामी विद्यार्थी नानीहरूलाई सानैदेखि खेलकुद, संगीतलगायत अन्य विधामा संलग्न गराई एक सक्षक विद्यार्थी बनाउने छौं ।’ ‘विशेष गरेर साना नानीहरूलाई जबरजस्ती पढाउँदा उनीहरूमा नकारात्मक भावना हुने हुँदा साना नानीलाई विभिन्न वस्तु देखाउँदै, खेलाउँदै पढाउने गरेका छौं ।

जसले गर्दा विद्यालय र पढाइप्रति चासो राख्ने इच्छा जागोस् ।’ बस्नेतले भनिन्, ‘हामी हाम्रो विद्यार्थीलाई पढाइको बोझ मात्र दिने होइन विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै बौद्धिक क्षमतावान् बनाउछौं ।’

अभिभावक दिवसमा विद्यालयका प्ले ग्रुपदेखि १० कक्षासम्मका विद्यार्थीले उनीहरूमा भएको विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । सो क्रममा विद्यार्थीले नाटक, गीत, नृत्य, फेसन सो र विभिन्न जातिय पहिरनको प्रस्तुती गरेका थिए ।

विद्यालयले ‘ज्ञान सारथि स्वर संग्राम’ प्रतियोगिता आयोजना गरेको थियो । विद्यालयका ६५ जना विद्यार्थीबीच विभिन्न चरणमा छनौट गर्दै अन्तिम प्रतिष्पर्धी ५ जना छनौट भएका थिए । रविन्द्र भण्डारी, दीपक चौधरी, सम्पूज्य अधिकारी, सुमन कटुवाल र आर्यन खड्काबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । जसमा सम्पूज्य अधिकारी प्रथम, सुमन कटुवाल दोस्रो र आर्यन खड्का विजयी हुँदै पुरस्कार प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, सिटिएफ नेपालका निर्देशक विनोद कार्की, स्कूलका कार्यकारी निर्देशक पुष्पविक्रम बस्नेत, स्कूलका एकाडेमी निर्देशक विनोद यादवलगायतले बोलेका थिए । कार्यक्रमको सभापतित्व स्कूल सञ्चालक समितीका अध्यक्ष कर्णाकार पोडेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर