खबर पूर्वाञ्चल
तत्काल एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ ।
जनताको बहुदलीय जनवादमा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतालाई ब्रिफिङ गरेका थिए । दाहालले समग्र प्याकेज नटुंगिएसम्म सरकारलाई समर्थन जनाउने तर सहभागितामा प्राथमिकता नदिने बताएका कारण अन्योल देखिएको हो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।