खबर पूर्वाञ्चल
नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको अवस्थामा वर्षा भए पछी खेल अवरुद्ध भएको हो । खेल रोकिनुअघि आरिफ शेख १४ र रोहितकुमार पौडेल २२ रनमा खेली रहेका छन् । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन
गरेको छ ।
कप्तान पारस खड्का पहिलो बलमा शुन्यमा आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा दीलिप नाथ ४१ रनमा शरद भेषावकर १ रनमा र दिपेन्द्रसिह ऐरी १८ रनमा आउट भएका छन् । नेपाललाई १६ ओभरमा जितकालागि ८० रनको आवश्यक छ । नेपालले खेल हारे डिभिजन–२ मै रहने छ ।