AArya
RUMPUM
animated ellipse animated ellipse

क्यानाडाले दियो नेपाललाई १ सय ९५ रनको लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७४, बुधबार १७:११
3
Shares
तस्वीर सौजन्य रमन सिवाकोटी
विराटनगर, २ फागुन । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट डिभिजन २ अन्तरत लिगको अन्तिम खेलमा नेपाललाई क्यानाडाले १ सय ९५ रनको चुनौती दिएको छ ।

टस हारेर ब्याटिङ गरेको क्यानाडाले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो । क्यानाडाकालागि प्रारम्भिक ब्याट्म्यान श्रीमान्थ विजरत्नेले अविजित १ सय ३ रन बनाउँदा हम्जा तारिकले २४ रनको योगदान दिए । त्यस्तै धिन्दसाले अविजित १८ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । १० ओभर बलिङ गरेका रेग्मीले ३४ रन दिएका छन् । सन्दीप लामिछानेले २ किेट तथा करन केसीले र सरद भेषवकरले समान १–१ विकेट लिए ।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ। हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ। युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ। यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर