AArya
RUMPUM
animated ellipse animated ellipse

उपसभामुखमा पोखरेल निर्विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७४, बुधबार १६:५४
3
Shares
विराटनगर, २ फागुन/एक नम्बर प्रदेशको उपसभामुखमा माओवादी केन्द्रकी सांसद सरस्वती पोखरेल (शारदा) निर्विरोध भएकी छिन् ।

वाम गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको उपसभामुखको मनोनयन दर्ताकालागि संसद सचिवालयले आज बिहान १० बजेदेखि ३ बजेसम्मका लागि समय तोकेको थियो । सो अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेको छ । सभामुखमा यसअघि नै सुनसरीका प्रदीपकुमार भण्डारी निर्वाचित भएका थिए । सभामुखमा पनि भण्डारीको मात्रै उम्मेदवारी परेको थियो ।

उपसभामुखका लािग पोखरेलको प्रस्तावकमा खोटाङका माओवादीका सांसद रामकुमार राई र समर्थकमा धनकुटाका एमाले सांसद इन्द्रमणी पराजुली रहेका छन् । एक जनाको मात्रै उम्मेदवारी परेकाले उपसभामुख पनि सर्वसम्मत चयन हुने देखिएको छ । उम्मेदवारी दर्ता लगत्तै संचारकर्मीसँग कुरा गर्दै पोखरेलले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने बताइन् । ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको छ,’ पोखरेलले भनिन्, ‘संघीयताको मर्म र भावना अनुसार कानून निर्माण गर्ने कार्यान्वयन गर्ने कुरामा मेरो जोड रहनेछ ।’

को हुन् पोखरेल ?
सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन् । उनले २०४६ सालदेखि राजनीति सुरु गरेकी हुन् । । समाजशास्त्रमा स्नातकोत्तर गरेकी पोखरेल ०५४ सालमा एमाले विभाजन पछि मालेमा रहेर काम गरेकी थिइन् भने ०५८ सालदेखि माओवादी जनयुद्धमा सामेल भएकी थिइन् ।

पोखरेल एमाले निकट अनेरास्ववियूको केन्द्रीय सदस्य समेत भएकी थिइन् । माओवादी भूमिगत रहँदा पोखरेलले संखुवासभाको सेक्रेटरीको रुपमा भूमिका निर्वाह गरिन् । हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा सुनसरी जिल्लाको संयोजकको भूमिका निर्वाह गरिरहेकी पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सांसद भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर