RUMPUM
animated ellipse animated ellipse

गोपेश्वर मन्दिर परिषरमा मन्दिरै मन्दिर निर्माण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७४, मंगलवार २०:३३
3
Shares
उर्लाबारी , १ फागुन /रतुवामाई १० सोमबारे स्थित गोपेश्वर शिव मन्दिरमा माघ २३ गतेदखि सञ्चालन भईरहेको श्रीमत नवहा नारादिय महापुराणमा दाताहरुले उल्लेख सहयोग गरेका छन् । सो मन्दिरलाई धामको रुपमा विकसित गर्न सकारात्मक सोचका साथ स्वतस्फुर्तमा रुपमा भुमि तथा बिभिन्न सहयोग दान भईरहेको छ ।

स्थानीय जितबहादुरपौडेले मन्दिर छेउमा १३ धुर जग्गा,लक्ष्मीप्रसाद आचार्य र बिष्णुमाया आचार्यल २ धुर जग्गा दान गरेका छन् ।

यस्तै, सोहि ठाँउमा दिवस बिष्टले सरस्वतीको मन्दिर निर्माण गरिदिनु भएको छ । छोरा किलीङडन बिष्टको स्मृतिमा उनले उक्त मन्दिर निर्माण गरिएका छन् । गोपेश्वर मन्दिर परिसरमा सीताराम न्यौपाने र राधादेखी न्यौपानेले पञ्चेश्वर महादेव मन्दिर बनाई दिएका छन् । उनीहरुले यसअघि सुर्यनारायण मन्दिर पनि निर्माण गरिदिई सकेका छन् । पुराण आयोजक समितिका सह सचिव जितु न्यौपानेले बताए ।

मन्दिरमा सहयोग गर्नेहरुको नाम यतिमै सिमित छैन् । रतुवामाई १० निवासी कृष्ण बहादुर बस्नेत क ले बिष्णु नारायण मन्दिर र डोलेश्वर सुवेदीले नागेश्वर मन्दिर निर्माण गरेका छन् ।

इन्द्र दहालले पन्चदेवता मन्दिर र सागर खड्काले गणेश मन्दिर निर्माण गरेका छन् ।

सोहि मन्दिर परिसरमा अर्जुन न्यौपानेले व्यवस्थित पोखरी निर्माण गरिदिएका छन् । मन्दिर प्रवेशद्धार जितबहादुर श्रेष्ठ काजीले निर्माण गरेका छन् । उर्लाबारी ९ निवासी लिलामाया कार्कीले बिर्खेश्वर मन्दिर निर्माण गरि दिएका छन् । गोपेश्वर मन्दिर परिसरमा मन्दिरै मन्दिर रहेको छ । जसको कारण त्यहा पर्यकटिय धामको रुपमा परिणत गर्न सकिने अवस्था देखिएको र त्यसको लागि क्रियाशिल भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल सुवेदीले जानकारी दिए । उनका अनुसार पर्यटकिय धामको लागि गुरु योजनाहरु तयार गरिदैंछ । मन्दिर परिसरमा चौरास निर्माणको लागि भक्तजनहरुबाट उल्लेख्य सहयोग भईरहेको उनले बताए ।

पुराणबाट अनुमानित जिन्सि र नगद सहित २० लाख संकलन भईसकेको र अनुमानित ४ लाख खर्च भएको अध्यक्ष सुवेदीको भनाई छ ।

पुराणमा भानु कोईरालाको प्रमुख बाचकत्व र रमेश खनालको उपवाचकत्व रहेको छ । भक्तजनहरु उनले सुनाएको कथा श्रवण गर्दै भजन किर्तनमा तन मनले नाँचिरहेका छन् । पुराणमा धार्मिक सहिष्णुता झल्किएको छ भने भक्तजनहरु निक्कै रमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर