AArya
RUMPUM
animated ellipse animated ellipse

माओवादीले मनाए जनयुद्ध दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०७४, मंगलवार १४:०६
3
Shares
विराटनगर, १ फागुन/माओवादीले फागुन १ गतेलाई २३ औं जनयुद्ध दिवसको रुपमा मनाएको छ ।

माओवादीको विराटनगर माहानगरपालिका समितिद्वारा आयोजित अन्तरक्रिया तथा चियापान कार्यक्रममा बोल्दै नेताहरूले जनयुद्धको औचित्य नसकिएको बताए । नेताहरुले एमालेसँगको एकतालाई सम्मानजनक बनाउनु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै माओवादीका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले मौलिक हिसावले जनयुद्धका एजेण्डा कार्यान्वयन हुँदै गएको बताए । उनले अब फरक ढंगले आन्दोलन सुरु गर्ने तयारी भएको पनि बताए ।

‘जनयुद्धका एजेण्डा मौलिक हिसावले संस्थागत भएका छन्, जनताको सत्ता आएको छ,’ काफ्लेले भने, ‘अब राष्ट्रिय औद्योगिक पूँजीवादको विकास गर्ने र समाजवादी क्रान्ति पूरा गर्ने चरणमा हामी छौं ।’ काफ्लेले अबको एक हप्ता भित्रमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए । ‘अबको एक हप्ता भित्रमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता हुँदैछ,’ उनले भने, ‘विभाजित भएर रहेका कम्युनिष्ट भनिने नेपालका सबै अब एउटै पार्टीमा गोलबद्ध हुनेछन् ।’ काफ्लेका अनुसार दुवै पार्टीका अध्यक्षहरू अध्यक्ष नै रहने, मिल्ने विचारलाई एक बनाउने र नमिलेका विषय एकताको महाधिवेशनबाट एक बनाउने विषयमा दुवै पार्टीबीच सहमति हुनेछ ।

सोही कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद तथा माओवादीका केन्द्रीय सचिवालय सदस्य सुरेशकुमार किरातीले जनयुद्धका उपलब्धीलाई संस्थागत गर्नु पर्ने बताए । उनले पार्टी एकता, जनता र देशको आवश्यकता भएको बताए । ‘पार्टी एकता जनता र देशको आवश्यकता हो,’ राईले भने, ‘स्वतन्त्र अर्थतन्त्र निर्माण गर्ने र वैज्ञानिक समाजवादमा जाने आधार पनि पार्टी एकता नै हो ।’

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद तथा माओवादीका पोलिटब्यूरो सदस्य शिवकुमार मण्डलले जनयुद्धले जनताका अधिकार स्थापित गराएको कुरा तल्लो तहसमम पु¥याउनु पर्नेमा जोड दिए । उनले सबै कम्युनिष्ट एक भएर अब आर्थिक समृद्धि र सुशासनका लागि लाग्नुपर्ने बताए । ‘अब सम्पूर्ण बामपन्थी एकठाउँमा आउनु पर्छ, त्यसबाट मात्रै सुशासन र समृद्धि आउन सक्छ,’ मण्डलले भने ।

कार्यक्रममा बोल्दै बुद्धिजीवि प्राध्यापक डाक्टर गणेश क्षेत्रीले जनयुद्धलाई ऐतिहासिक दस्ताबेजको रुपमा बुझ्नुपर्नेमा जोड दिए । ‘जनयुद्धले संघीयता आयो, गणतन्त्र आयो, धर्मनिरपेक्षता आयो,’ उनले भने, ‘अब भ्रष्टाचार, माफिया र दलालहरुलाई मास्न आवश्यक छ ।’ जनयुद्ध स्वाभिमानको दस्ताबेज भएको क्षेत्रीको भनाइ छ । कार्यक्रममा बोल्दे माओवादी नेता हरि घिमिरेले एमालेसँगको एकता सम्मानजनक हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर