पूर्वाञ्चल खबर
टस हारेर ब्याटिङ गरेको केन्याले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो । केक्याकालमगि इरफान करिमले ४२ रन बनाउँदा एलेक्स ओबान्डाले ४१ रनको योगदान दिए । यी पहिलो विकेटका रुपमा १७ ओभरमा ६५ रनको ठोस शूरवात गरेका थिए । त्यस्तै धिरेन गोन्डारियाले २७ रन , नेल्सन ओडियाम्बोले नटआउट २४ रन र एनगोचेले नटआउट २३ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दे २० रन खर्चेर ५ विकेट लिएका हुन् । करन केसीले ३ विकेट तथा सोमपाल कामी, बसन्त रेग्मी र सरद भेषवकरले समान १–१ विकेट लिए ।