AArya
RUMPUM
animated ellipse animated ellipse

पेगोडाले गर्यो पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७४, सोमबार १५:५५
3
Shares
पथरी, २९ माघ । श्री न्यू पेगोडा आमाविले पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

मोरङको पथरीशनिश्चरे–१ मा स्थापित न्यू पेगोडा स्कूलले आज नर्सरीदेखि कक्षा–१० सम्मका आफ्ना प्रथम, द्वितीय र त्रितीय हुने छात्र÷छात्राहरुलाई वार्षिक पुरस्कार वितरण गरेको हो । यस्तै विद्यालयको प्राइमरी र सेकेन्डरी लेवलका स्कूल टपरहरु प्रथम, द्वितीय र त्रितीय विद्यार्थीलाई नगद सहित सम्मान पनि गरेको थियो ।

कार्यक्रममा विद्यार्थीका तर्फबाट कक्षा–१० मा अध्ययनरत छात्र अलिश खड्काले आफ्ना भनाइ राखेका थिए भने विद्यालयमा अध्ययनरत स–साना विद्यर्थाीहरुले ‘हिमालमा हिउँ…’बोलको गीत मार्फत् स्वागत नृत्य पस्केका थिए । यस्तै संस्थापक प्रिन्सिपल टिका दंगालले विद्यालयको गतिविधि र विद्यार्थीहरुको अध्ययनलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने अठोट गरे । दंगालले भने–‘हामी विद्यालयका तर्फबाट जतिसक्दो विद्यार्थीहरुको चौतर्फी विकासमा ध्यान केन्द्रित हुन्छ ।

त्यसैले अभिभावक ज्यूहरुले पनि विद्यालयमा कार्यक्रममा हुँदा अनिवार्य उपस्थित भई आफ्ना छोरा छोरीको प्रगति नियाल्नु हुनु अनुरोध गर्छछु । ‘हामी विद्यालयका तर्फबाट जतिसक्दो विद्यार्थीहरुको चौतर्फी विकासमा ध्यान केन्द्रित हुन्छ । त्यसैले अभिभावक ज्यूहरुले पनि विद्यालयमा कार्यक्रममा हुँदा अनिवार्य उपस्थित भई आफ्ना छोरा छोरीको प्रगति नियाल्नु हुनु अनुरोध गर्दछु ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वमणि निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा सह–प्रिन्सिपल उद्धव निरौलाले स्वागत मन्तव्य राखेका थिए । पुरस्कृत विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल टिका दंगाल र अध्यक्ष विश्मणि निरौलाले अबिर र पुरस्कार दिई सम्मान गरेका थिए । औपचारिक कार्यक्रम पश्चात् नृत्य प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर