RUMPUM
animated ellipse animated ellipse

तेस्रो नगरकपमा वार्ड नम्वर २ को विजयी सुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७४, शनिबार १९:५०
3
Shares
पथरी,२७ माघ / पथरी शनिश्चरेमा सुरु भएको तेस्रो नगरकप प्रतियोगीताको उदघाटन खेलमा वार्ड नम्वर २ ले विजयी सुरुवात गरेको छ ।

आज पथरी शनिश्चरेको पञ्चायत मावीको खेल मैदानमा भएको खेलमा वार्ड नम्वर १० लाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै वार्ड नम्वर २ विजयी भएको हो ।

खेल सुरुवात भएको १३ औं मिनेटमा २ का सन्तोष न्यौपानेले सुरुवाती गोल गरेका थिए भने न्यौपानेले नै ६० औ मिनेटमा आफ्नो व्याक्तिगत दोस्रो गोल गरे । खेलको २८ औं मिनेटमा असिम राईले दोस्रो गोल गरे । खेलको म्यान आफ दि म्याच वनेका राईले ६२, र ६९ मिनेटमा गोल गरेर ह्रयाट्रिक गरे । ७१ औं मिनेटमा अर्को गोल गर्दै व्याक्तिगत ४ गोल गरे । खेलको ४१ र ५६ मिनेटमा कवि राईले गोल गरे ।
म्यान अफ दि म्याच राईले ५सय ५ नगद र ट्रफि प्राप्त गरे ।

वुद्ध यूथ क्लवद्धारा आयोजीत तेस्रो नगर कपमा पथरी शनिश्चरेका सवै वडाका टिम सहभागी रहेको खेल संयोजक विक्की राईले जनकारी दिए ।

खेलको विजेताले ३० हजार नगद ट्रफि र दितियले २० हजार नगद र ट्रफि पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर