खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले साउन मेलाको उद्घाटन गर्दै मेलाको सफलताको शुभकामना दिए । उनले महेश्वरी महिला मञ्चले समाजमा गर्दै आएको सेवा मूलक कामको प्रशंसा गरे ।
मञ्चले विराटनगरस्थित अतिथि सदनमा शुक्रबार र शनिबार २ दिने मेलाको आयोजना गरिएको हो ।
महेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष ललिता जाजुले ८ वर्षदेखि साउन मेलाको आयोजना गर्दै आएको बताइन् । उनले मेलामा महिलाहरूका पहिरन र खाद्यान्नका ३२ वटा स्टल रहेको बताइन् ।
मेलामा कुर्ता सलवार, गहना, साडी, कस्मेटिकलगायतको सामानहरू प्रदर्शनीमा राखिएको छ ।
महेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष रचना राठी, अखिल भारत वर्षीय महेश्वरी महिला संगठनकी उपाध्यक्ष गिरिजा सारडा र महेश्वरी महिला मञ्च विराटनगरकी निवर्तमान अध्यक्ष पुनम राठीलगायतले मेलाको सफलताको शुभकामना व्यक्त गरे ।