AArya
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री देउवाले राजीनामा नदिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०७४, शुक्रबार ०७:०१
3
Shares
फाइल तस्वीर
काठमाडौं,२६ माघ/ प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् ।

आफैँले प्रतिनिधिसभा, राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ ।

प्रमुख सत्तारूढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पूरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताए ।

‘वर्तमान सरकारको दायित्व स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन गर्ने थियो, त्यो कार्य सरकारले अन्तिम चरणमा पुर्‍याएको छ,’ शर्माले भने ‘नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनै पर्दैन । नयाँ जनमतअनुरूप बहुमत पुर्याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका कांग्रेस नेता यज्ञबहादुर थापाले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरेपछि सरकारले आफ्नो दायित्व पूरा गरेको बताए । ‘सरकारले निर्वाचनको चक्र पूरा गरी आफ्नो दायित्व पूरा गर्‍यो,’ थापाले बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा भने, ‘निर्वाचनसँगै नयाँ जनमत आएको छ, त्यही जनमतअनुरूप बहुमत ल्याउनेले सरकार बनाउँछ, फागुन दोस्रो सातासम्म नयाँ सरकार बनिसक्छ ।’

राष्ट्रियसभाका तीन सदस्यमा देउवाको आँखा

नयाँ जनमत आएपछि आफू स्वतः कामचलाउ सरकार भएको भन्दै राजीनामा दिननपर्ने बताइरहेका प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा मन्त्रिपरिषद्ले सिफारिस गर्ने तीन सदस्य भने आफैँ सिफारिस गर्ने तयारी गरेका छन् । आगामी मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय सभा सदस्यका लागि तीनजनाको नाम सिफारिस गर्न छलफल गर्ने तयारी देउवाको छ ।

कानुनमन्त्री थापाले अब बस्ने मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय सभामा ३ जनाको नाम सिफारिस गर्नेबारे छलफल हुने बताए । सिफारिस गर्दा साझा व्यक्तित्व र योग्यता पुगेकालाई प्राथमिकतामा राख्ने थापाको भनाइ छ । नयाँ पत्रिकामा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर