पूर्वाञ्चल खबर
वर्षाले प्रभावित भएको आजको खेलमा नेपालले घरेलु टोली नामिबियालाई १ विकेटले पराजित गरी सुखद शूरुवात गरेको छ ।

आसा गरिएका ब्याट्सम्यान शरद भेषावकर २९ रनमा आउट भएका थिए। उनले ६७ बलमा ३ चौका प्रहार गरे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे । रोहितले १७ रन जोडे ।
त्यसपछि सोमपाल कामी र बसन्त रेग्मीले केही आसा देखाएका थिए । रेग्मी र सोमपालले पारी सम्हाल्ने प्रयास गरे । तर, नवौं विकेटका लागि मात्र १७ रनको सझेदारी गरेका सोमपाल ४७ औं ओभरमा बोल्ड हुन पुगे ।
त्यसबेला नेपाललाई २० बलमा १८ रन चाहिएको थियो । ४८ ओभरमा नेपालले २ रन मात्र जोड्यो भने अर्को ओभरमा बसन्तले छक्का हानेपछि नेपाललाई केही राहत मिल्यो ।
अब अन्तिम ६ बलमा ७ रन चाहियो । अन्तिम ओभरको दोस्रो बलमा २ रन लिएको नेपालका लागि चौथो बलमा बसन्तले चौका हाने । अर्को बल बाइड भएपछि नेपालले सघर्षपूर्ण जित निकाल्यो । बसन्तले अविजित २४ रन बनाउने क्रममा २४ बलमा २ चौका र १ छक्का प्रहार गरे भने सन्दिप १ रनमा अविजित रहे । नामिबियाका बिएम स्कोल्जले ४ विकेट र क्रियाग विलियम्सले ३ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीको पनि सुरुवात राम्रो थिएन । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपाली बलरहरुले ३४ दशमलव २ बलमा १ सय ३८ रनमा नामिबिया खुम्चियो ।
उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । ग्रिन र जान फ्राइलिंकले समान २२ रन जोडे ।
नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए । उनले ८ दशमलव २ बलमा दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए । सोमपालले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १–१ विकेट तट्काए ।