AArya
RUMPUM
animated ellipse animated ellipse

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्षको जेल सजाय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७४, बिहीबार २०:४०
3
Shares
काठमाडौं,२५ माघ / बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेतृसमेत रहेकी ७४ वर्षीया जियालाई अदालतबाटै प्रहरीले पक्राउ गरेको छ ।

७२ वर्षकी जियाले बालबालिकासम्बन्धी एउटा कोषलाई दिइएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा दोषी ठहर भएकी हुन् । अब उनले सन् २०१८ मा हुने संसदीय चुनाव लड्न पाउनेछैनन्। राजनीतिक रूपमा प्रेरित रहेर आफूमाथि आरोप लगाइएको उनले बताएकी छन्। जेल जाने क्रमा गहभरी आँसु बनाएकी उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएकी छिन्।

ढाकास्थित एक अदालतमा फैसला सुनाउने क्रममा न्यायाधीशले भनेका छन्, ‘उनीविरुद्ध लागेको आरोप प्रमाणित भएको छ र, उनको सामाजिक र शारीरिक स्थितिलाई मध्यनजर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ ।’

फैसला सुनाउनुअघि नै अदालत बाहिर उनका हजारौं समर्थक जम्मा भएका थिए, जसलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास हानेको थियो । अदालतले जियाका चार सहयोगीलाई १० वर्षको जेल सजायसमेत सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर