खबर पूर्वाञ्चल
आज रंगेलीमा पत्रकार सम्मेलनको आयोजना गरी साधारण सभाको बारेमा जानकारी गराएका थिए ।
जिल्ला सदरमुकाम विराटनगरमा केन्द्रीत हुदै आएको सदरमुकाममै केन्द्रीत हुने परिपाटीको अन्त्य गर्न १४ औ जिल्ला साधारण सभा रंगेलीमा गर्न लागीएको प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेलले बताए ।
साधारण सभामा जिल्लाका १ सय ५० विद्यालयका करिव २ सय जना प्रतिनिधी सहभागीता रहने जानकारी गराए ।
जिल्ला साधारणसभाले स्थानिय निकायसंग समाहित भएसंगै शिक्षा क्षेत्रमा देखिएको अन्यौलतालाई समेट्ने विश्वास राख्दै सचिव र कोषाध्यक्षबाट विषेश प्रतिवेदन सार्वजनिकरण गरिने बताए ।
शुक्रबार हुने साधारण सभालाई भव्यताका साथ सम्पन्न गर्नका लागी तिब्र रुपमा तयारी भइहरेको समेत आयोजकले जनाएको छ ।