AArya
RUMPUM
animated ellipse animated ellipse

शिवालय मन्दिरको स्वर्णमहोत्सव हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७४, बुधबार २०:३९
3
Shares
पथरी,२४ माघ /उत्तरी मोरङको लेटाङ–४ मा रहेको श्री शिवालय मन्दिर व्यवस्थापन समितिले “उत्तरी मोरङको शान,लेटाङको पहिचान” भन्ने मूल नाराका साथ स्वर्णमहोत्सव आयोजना गर्ने भएको छ ।

मन्दिर निर्माण भएको ५० बर्ष पूरा भएको उपलक्ष्यमा “हामी सबैको आत्मा, शिव परमात्मा”भन्ने कुरालाई मनन गर्दै महोत्सब आयोजन गर्न लागिएको आज मन्दिरको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । वि।स २०२४ सालमा स्थापना भएको मन्दिरले यही माघ २९ देखि फागुन २ गतेसम्म महोत्सब आयोजना गर्न लागेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिएका छन ।

महोत्सवमा ४ लाख ५० हजार खर्च हुने समेत जानकारी गराईएको थियो । महोत्सवमा माघ २६ गते सरसफाई कार्यक्रम,२९ गते रत्तदान कार्यक्रम, नगरपरिक्रमा, कार्यक्रम उदघाटन,स्मारिका बिमोचन, फागुन १ मा बाती कात्ने प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता,२ गते भजन किर्तन,सम्मान,चिठठा कार्यक्रम र समापन रहने मन्दिर ब्यबस्थापन समितिका सचिब बिकास अधिकारीले जानकारी दिए । लेटाङ बजार र मन्दिर स्थापना भएको ५० बर्ष पुगेको अबसरमा स्मारिका समेत प्रकाशन गर्न लागिएको र सो स्मारिकामा लेटाङ बिस्तृत कुराहरु समाबेश गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर