CLASSICTECH NET

मेरिल्याण्ड कलेज बिराटनगरमा रोजगारी मेला आयोजना हुने

खबर पूर्वाञ्चल, २४ माघ २०७४, बुधबार १८:१६

बिराटनगर, २४ माघ / बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा बिराटनगरमा पहिलोपटक देश भरबाटै बिभिन्न बिजनेस हाउसको प्रत्यक्ष उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ ।

बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा माघ २६ गते उक्त रोजगारी मेला आयोजना हुन लागेको हो । कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

कलेज परिसरमा आयोजना हुने उक्त कार्यक्रममा २० बढी कम्पनीहरुको उपस्तिथी हुने कलेजले जनाएको छ । चौधरी समुह , देवनारा समुह . पिएलो समुह , इनोभेट नेपाल ग्रुप ,कान्तिपुर मिडिया समुह , एनआईसी एसिया बैंक , प्रभु म्यानेजमेन्ट , नयाँ पत्रिका , एनएमबी बैंक , ग्लोबलआइएमइ बैंक , रिगो टेक्नोलोजी, ओबि मिडिया प्राली , बिराट एच आरलगायतको उपस्तिथी रहने छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कम्पनीसँग भेट गराइ रोजगारिको अवसरको लागी सहज गर्न कार्यक्रम गर्न लागिएको दाहालले जानकारी दिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५