AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को पहिलो अधिवेशन सोमबार बस्दै(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७४, आईतवार २०:१८
3
Shares
विराटनगर, २१ माघ/ प्रदेशन नं. १ को प्रदेशसभाको पहिलो अधिवेशन सोमबार दिउँसो १ बजे सुरु हुने भएको छ । 

प्रदेशसभाको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको कार्यालयमा १ बजे सुरु हुने भएको हो ।

पहिलो अधिवेशनको लागि सम्पूर्ण तयारी पुरा भएको संसद सचिबालयले जनाएको छ । सभाहलसहितका अन्य तयारी पुरा भएपछि आइतबार संसद बैठकको पूर्वअभ्यास समेत गरिएको थियो ।

पूर्वअभ्यासमा जेष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुखको आसनबाट सभा सञ्चालन गरेका थिए । सभामुखको प्रवेशसँगै राष्ट्रिय धुनमा सबै सरिक भएका थिए भने त्यसपछि सरावगीले प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गरेको पत्र बाचन गरे । त्यसपछि बैठकमा दलका प्रतिनिधिहरुलाई सम्बोधन गर्न समय दिने, संसद सञ्चालन अन्तरिम कार्यबिधि पास गर्ने, सभामुखको अनुपस्थितमा बैठक सञ्चालन गर्ने सदस्यहरु तोक्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति तोक्ने कार्यसूची अगाडि बढाएका थिए ।

प्रदेशसभाको जेष्ठ सदस्य भएकाले संसदको पहिलो बैठक पनि यिनै कार्यसुचीसहित सरावगीले सञ्चालन गर्नुहुनेछ । सरावगी बाहेक बाँकी रहेका ९२ जना प्रदेशसभाका सांसदका लागि सभाहलको पहिलो लहरमा निलो कार्पेटमाथि कुर्सी राखिएको छ भने अतिथि तथा विशिष्ट अतिथिका लागि सेतो रातो कार्पेटमाथि कुर्सी राखिएको छ । सभामा एकातर्फ नेकपा एमालेका सांसद रहनेछन् भने अर्को लहरमा अन्य दलका सांसदहरुको लागि बस्ने स्थान तोकिएको छ ।

प्रदेशको ऐतिहासिक अधिवेशन भएकोले प्रतिनिधिसभाका सांसद, पूर्वमन्त्री, पूर्वसांसद, महानगरका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, उपकुलपतिहरु, सुरक्षा निकायका क्षेत्रीय प्रमुख, उद्योगी व्यवसायीका प्रतिनिधिलगायतलाई निमन्त्रणा गरिएको छ । प्रदेशसभामा महिला र पुरुष गरेर २४ जना मर्यादा पालक रहनेछन् । मर्यादापालक पुरुषले सेतो दौरा–सुरुवाल, कालो कोट र भादगाउँले टोपी लगाउनेछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारी, कलेजी रङको चोलो र कालो कोट लगाउनेछन् । तस्वीरहरु अनील श्रेष्ठ /खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर