RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीका चार पत्रकार पुरस्कृत हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७४, आईतवार १९:२३
3
Shares
उर्लाबारी, २१ माघ / मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालले आफ्नो १४ औं अधिवेसनको अवसरमा ४ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

क्लवको १४ औं अधिवेशनका अवसरमा आगामी माघ २८ गते दाताराम पद्यमादेबी खतिवडा स्मृति पत्रकारिताबाट उर्लाबारीका पत्रकार तेजन खड्का र रञ्जना बुढाथोकीलाई क्लवको बैठकबाट पुरस्कृत गर्ने निर्णय भएको क्लवका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए । उक्त पुरस्कार सञ्चार क्लवका पूर्व अध्यक्ष दुर्गाप्रसाद खतिवडाले स्वर्गिय बुवा दाताराम र आमा पद्यमादेबीको स्मृतिमा क्लव मार्फत बर्षेनी प्रदान गर्दै आएका छन् ।

क्लवले यस बर्षको लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार राष्ट्रिय समाचारपत्रका सम्पादक केदार चौहान र गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरि कोइरालालाई प्रदान गर्ने भएको छ । स्थानीय समाजसेवी जयधर्म आचार्यले आफ्नी स्व. आमा लीलादेवी र स्व. धर्मपत्नी गोमाको संयुक्त नामबाट पुरस्कार स्थापना गरेका हुन् । दुबैं पुरस्कारको राशी जनही पाँच हजार नगद र सम्मान पत्र रहेको महासचिव नवराज भट्टराईले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर