RUMPUM
animated ellipse animated ellipse

सात प्रदेशमा ६ सय कर्मचारी खटाइए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७४, आईतवार ०६:४३
3
Shares
काठमाडौं ,२१ माघ /सरकारले करिब ६ सय कर्मचारीलाई प्रादेशिक संरचनाका कार्यालयमा काजमा खटाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले शुक्रबारसम्म सातवटै प्रदेशका लागि कर्मचारी खटाएको जनाएको छ । प्रदेशमा पठाइएका कर्मचारीमा सहसचिव, उपसचिव, अधिकृतदेखि राजपत्रअनंकित तहका कर्मचारीसमेत छन् । उनीहरूलाई आवश्यकताअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयमा खटाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।

सामान्यले प्रदेशमा तत्कालका लागि स्थापना भएका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि करिब २२ सय कर्मचारी आवश्यक पर्ने जनाएको छ । ती कार्यालयका लागि हरेक दिन कर्मचारी खटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता न्यौपानेले प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुअघि नै सबै मन्त्रालयमा कर्मचारी व्यवस्थापन गरिसक्ने गरी तयारी भएको बताए ।

‘अहिलेसम्म सातवटै प्रदेश प्रमुखको कार्यालय, मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कर्मचारी खटाइसकेका छौँ,’ उनले भने, ‘अन्य मन्त्रालयमा पनि क्रमशः आंशिक कर्मचारी खटिएका छन्, चाँडै पूर्णता दिन्छौँ ।’

प्रशासन समूहबाहेकका कर्मचारी खटाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिएकाले प्रदेशमा खटिने कर्मचारीको संख्या त्यसभन्दा बढी हुनसक्ने उनको भनाइ छ । अन्य मन्त्रालयको प्रगति विवरण नआएकाले यकिन विवरण दिन नसकिएको प्रवक्ता न्यौपानेले बताए ।

प्रदेशको कुन कार्यालयमा कति कर्मचारी ?
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : सचिवसहित २१ जना
आन्तरिक मामिला तथा कानुन मन्त्रालय : सचिवसहित ४१ जना
आर्थिक मामिला तथा योजना मन्त्रालय : सचिवसहित १८ जना
भौतिक पूर्वाधार विकास मन्त्रालय : सचिवसहित २४ जना
सामाजिक विकास मन्त्रालय : सचिवसहित ३० जना
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय : सचिवसहित २९ जना
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय : सचिवसहित २९ जना
प्रदेश सभा सचिवालय : एकजना सचिवसहित २७ जना । यो खबर नयाँ पत्रीकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर