AArya
RUMPUM
animated ellipse animated ellipse

लागूऔषधको कारोबारी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०७४, बिहीबार १९:०८
3
Shares
विराटनगर, १८ माघ /प्रहरीको आँखा छल्दै अवैध रुपमा नेपाल भित्राउँदै गरेको लागूऔषधको कारोबारी गर्ने एक दम्पतीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

लागूऔषध ब्यूरोले विशेष प्रहरी परिचालन गरी बुधबार विराटनगर – १५ स्थित भन्सार कार्यालयको एरियाबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ का २५ बर्षिय शम्भु परियार र उनकी श्रीमती धरान उप–महानगरपालिका १९ बस्दै आईरहेकी २२ बर्षिया संगिता परियारलाई पक्राउ गरेको हो ।

‘भारतको जोगवनी बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका दम्पतीलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा लागूऔषध भेटिएको,’ लागूऔषध ब्यूरो विराटनगरका प्रमुख राकेशकुमार पोद्धार भने, ‘कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अबस्थामा दम्पतीको साथबाट लागूऔषध फेला परेको हो ।’ दम्पतीको साथबाट अवैध लागूऔषध एभिल २५ एम्पुल, लुपिजेसिक २४ एम्पुल र फेनारगन ३ एम्पुल फेलापारी बरामद गरेको हो । प्रहरीको अनुसार दम्पती लागूऔषधको कारोबारी रहेको बताएको छ ।

जोवनीमा सास्तोमा लागूऔषत खरिद गर्ने र धरानमा लगेर प्रयोगकर्तालाई खरिद गरेको भन्दा तेब्बर बढी मुल्यमा विक्री गर्ने गरेको बताइएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा बुझाईएको लागूऔषध ब्यूरोका प्रहरीले जनाएको छ । पक्राउ परेका दम्तीलाई लागूऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले गएको शुक्रबार विराटनगरबाट लागुऔषध ४ सय ४ थान एम्पुलसहित २ जना व्यापारी र २ जना भरियालाई पक्राउ गरेको थियो ।

भारतको जोगवनीबाट खरिद गरी काठमाण्डौं पु¥याउने व्यापारी सिन्दुली दुधौली नगरपालिका – ८ का २४ वर्षिय बिवेक हमाल र विराटनगरका – ३ का २६ वर्षिय आशिष हमाललाई विराटनगरको डाटबाट पक्राउ गरेको थियो भने भरिया विराटनगर – १२ बखरीका २२ विर्षय सुबकलाल मोची र विराटनगर – १९ का केशव कामतलाई एयरपोट मोर्डबाट पक्राउ गरेको थियो । त्यस्तै लागुऔषध ब्यूरोले १९ पुसमा विराटनगर १२ बाट लागुऔषधको कारोबारी विनोद पोद्धारलाई अवैध १ हजार ३ सय एम्पुल लागुऔषध बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर