मुख्यमन्त्री भएको एक हप्तामै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा

एमालेका १० सांसदले रोजे समाजवादी
खबर पूर्वाञ्चल, १६ भाद्र २०७८, बुधबार १४:४०

विराटनगर / मुख्यमन्त्री भएको एक हप्तामानै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपा एमालेका १० सांसदले माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतम परेको हो ।

माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका १० सांसदले समाजवादी रोजेका कारण उनको सरकार बनेको एक महिना पनि नटिक्ने देखिएको छ ।

आचार्यले मुख्यमन्त्री भएपनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारी दिनेसहितका विभिन्न ‘अफर’ गरेका थिए । तर, उनको प्रभावमा सांसदहरु परेनन् ।

१० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि आचार्य नेतृत्वको सरकार एक हप्ता मै अल्पमतमा परेको छ । प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।

प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् । संसदको यो जोडघटाउले पार्टीको लाइन परिवर्तन गरेर भएपनि मुख्यमन्त्री बन्न सफल बनेका आचार्यका लागि र विपक्षी गठबन्धनको सामू नेकपा एमालेका लागि अर्काे झड्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Shishir लेख्नुहुन्छ

    यस्ता स्वार्थी र घिनलाग्दा नेताहरूकाे हालत यस्ताे मात्र हाेइन, घर न घाटकाे हुनुपर्छ

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५