खबर पूर्वाञ्चल
दुबईस्थित आइसिसी ओभलमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा ५ विकेट गुमार्दै ३ सय ३३ विशाल स्कोर खडा गरेको थियो । नेपालले ठोस शुरुवात गर्दै पहिलो विकेटमा १ सय ४२ रन बनाउँदा दिलीप नाथलाई ६४ रनमा गुमाएको नेपालका लागि आरिफ शेखले नटआउट ४१ रन बनाए । आरिफले ३३ बलमा २ चौका हिर्काए । दिपेन्द्रसिंह ऐरी ३४, अनिलकुमार साह १४ रनमा पेभिलियन फर्किए। अर्का ओपनर ज्ञानेन्द्र मल्लले सतकीय पारी खेल्दै १ सय ५४ रन जोडे । उनले १ सय ३९ बलमा १७ चौका हिर्काए ।
यूएईका वासिफ अहमद, कार्तिक मायाप्पन र लक्ष्मण श्रीकुमारले समान १ विकेट लिए।
जवाफमा ३ सय ३४ रनको विशाल स्कोर पछ्याएको यूएईले ४०दशमलव २ बलमा १ सय ४० रनमा समेटिएको थियो । युएईको इनिङ सस्तोमै समेट्ने क्रममा नेपालका यूवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले १० ओभरमा ३६ रनमात्र खर्चिएका थिए । सन्दीप भर्खरै इन्डियन प्रिमियर लिग (आइपिएल)को दिल्ली डेयरडेभिल्सले भारु २० लाखमा आवद्ध भएका छन् ।
यस्तै कप्तान पारस खड्काले २ विकेट लिए भने शक्ति गौचन र सोमपाल कामीले १–१ विकेट हात पारे । यूएईको इनिङमा मोहमद क्वासिमले ४१ रन जोडे चिराग सुरीले १८ रन तथा अन्स साह र अली मिर्जाले १७–१७ रन बटुले ।