RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबलको उपाधि ग्रिनल्याण्डलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७४, मंगलवार १९:२१
3
Shares
विराटनगर, १६ माघ/ हिसान मोरङको आयोजनामा भएको ८ औं हिसान स्पोर्टस् फुटबलको उपाधि विराटनगरको ग्रिनल्याड कलेजले हात पारेको छ ।

त्यस्तै पुरुष भलिबलमा मोर्डन एरा र महिला भलिबलमा पथरीशनिश्चरेमा रहेको रेडस्टारले उपाधि जितेको हो ।

स्थानिय सहिद रङगशालमा भएको फुटबलको फाइनलमा ग्रिनल्याण्ड कलेजले मेरील्याण्डलाई पेनाल्टीसुटआउट ५–४ गोल अन्तरले पराजित गरी हिसान फुटबलको पहिलो पटक उपाधि जित्न सफल भएको छ । निकै रोमाञ्चक भएको खेलको निर्धारित समयसम्म २–२ गोलको बराबरीमा खेल भएपछि खेल पेनाल्टीसुटआउटमा धकेलेको थियो ।

पेनाल्टीसुटआउटमा ग्रिनल्याण्डका शुसान्त कटुवाल, सरध राई, अनिश राई, हितमान लिम्बु र अनिश चौधरीले गोल गरेका थिए । मेरील्याण्डका विजय पोखरेल, सन्दिप कार्की, स्वीकार भट्टराई र रसिब अधिकारीले मात्र गोल गरे ।

फाइनल खेलको म्यान अफ द फाइनल मेरील्याण्डका नविन सुनवार घोषित भए । प्रतियोगिताको म्यान अफ द सिरीज अरनीको कलेजका नविन चौधरी, बेस्ट गोलकिपर कान्तिपुरका एटलान्टिक चौधरी, हाइस्कोर ग्रिनल्याण्डका सरध राई र वेस्ट डिफेन्डर पनि ग्रिनल्याण्डका हितमान लिम्बु घोषित भए ।

त्यसैगरी पुरुष भलिबलको उपाधि मोर्डन एरालाई र महिला भलिबलको उपाधि पथरीशश्चिरेमा रहेको रेडस्टारले जितेको छ ।

पुरुषतर्फ भएको फाइनल खेलमा कान्तिपुर कलेजलाई २५–२१, २५–१९ र २५–८ को सोझो सेटले पराजित गरी मोर्डन एराले उपाधि जित्यो ।

त्यस्तै महिलातर्फ भएको भलिबलमा रेडस्टारले अरनीको कलेजलाई २५–२०, २५–८ र २५–१३ को सोझो सेटले पराजित गरी रेडस्टारले भलिबको उपाधि जितेको हो ।

महिलातर्फको बेस्ट सर्भिस मोर्डन एराका एलिन राई, बेस्ट डिफेन्ट अरनीको निरीक्षा विष्ट, वेस्ट स्पाइकर शिक्षादीपकी अन्जली राजवंशी घोषित भए । त्यस्तै पुरुषतर्फको म्यान अफ द बास्केटबलमा मोर्डन एराका बालकुमार रायमाझी, बेस्ट लिफचर कान्तिपुरका विज्ञान श्रेष्ठ, वेस्ट लिब्रो अरनीको निश्चल मण्डल, बेस्ट स्टाईकर र बेस्ट बलकरमा क्रमशः मोर्डन एराका दलकुमार रायमाझी तथा सन्तोष कुमार तामाङ घोषित भए ।

सोमबार सम्पन्न भएको क्रिकेटतर्फको उपाधि विराटनगरमा रहेको कान्तिपुर कलेजले जितेको थियो । त्यस्तै बास्केटबलको उपाधि भानुकलेजले, टेवलटेनिस छात्र टिम इभेन्टमा कान्तिपुरले, टिम भइेन्ट छात्रातर्फ शिक्षादीपले उपाधि जितेको थियो । त्यसैगरी सिङगल छात्रतर्फ मेरील्याण्डका राहुल साहले कान्तिपुरका शुभम श्रेष्ठलाई ३ –१ को सेटले पराजित गरी मेरील्याण्डका राहुल प्रथम र छात्रातर्फ कान्तिपुरकी अन्जली मण्डलले मेरील्याण्डकी अंकिता उदासलाई ३–२ को सेटले पराजित गरी कान्तिपुरकी अन्जली प्रथम भएकी थिइन् ।

माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितमा जिल्लाभरीको हिसानमा आवद्ध भएका २३ वटा कलेजका १ हजार ६ सय जना विद्यार्थीहरुले प्रत्यक्ष भाग लिएको हिसान मोरङका उपाध्क्ष राजेश कार्कीले जानकारी दिए ।
विजेता तथा उपविजेतालगायत अन्य खेलाडिहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे,उपाध्यक्ष भेषराज पोखरेल, महासचिब लोकबहादुर भण्डारी र मोरङ अध्यक्ष बलराम पन्तलगायले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर