AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारले खारेज गर्यो नेशनल ट्रेडिङ लिमिटेड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७४, मंगलवार ०६:३९
3
Shares
काठमाडौं,१६ माघ /सरकारले निरन्तर घाटामा गएको नेशनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटामा गएर डुबेको नेशनल ट्रेडिङ लिमिटेलाई खारेज गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ ।

सोमबार नै बसेको बैठकले शिवम सिमेन्ट र अन्य तीन जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको जानकारी सञ्चारमन्त्री मोहनकुमार बस्नेतले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको छ ।

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने, ‘आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ ।’ उनका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकिएको छ ।

आजैको बैठकले अनलाइन सञ्चालन निर्देशिका दोस्रो संशोधनलाई स्वीकृत गरेको छ। बैठकले राष्ट्रिय यातायात व्यवसायी महासंघको विधान पाँचौ पटक संशोधन गर्ने निर्णय पनि गरेको मन्त्री बस्नेतले बैठकपछि जानकारी दिए । अन्नपूर्णपोष्टमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर