AArya
RUMPUM
animated ellipse animated ellipse

राजनैतिक लडाई अन्त्य गरी आर्थिक समृद्धितर्फ बढनुर्पछ- गच्छदार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७४, आईतवार १९:३४
3
Shares
फाइल तस्वीर
विराटनगर, १४ माघ/ उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले राजनैतिक अधिकारको लडाईलाई अन्त्य गरी अब आर्थिक समृद्धितर्फ अगाडी बढनुपर्ने बताएका छन् ।

सुनसरीको गढी गाउँपालिका – २ औरावनीमा चौधरी ग्रुपको सीजी इन्डस्ट्रियल पार्कको आज शिलान्यास गर्दै गच्छदारले राजनैतिक अस्थिरताको कारणले देश समृद्धितर्फ अगाडी बढन नसकेको भन्दै अब आर्थिक रुपमा अगाडी बढनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै उनले सुनसरीको औरावनीमा स्थापना भएको उद्योग ग्रामले यस क्षेत्रको विकास ठूलो फ्डको मार्ने बताए । उनले भने, ‘देशलाई समृद्धीको बाटोमा अगाडी बढाउन उद्योग ग्रामले प्रेरणाको स्रोत बन्नेछ ।’ उनले लगानमैत्री वातवरणको सृजना गरी देशलाई समृद्धितर्फ लानुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर