खबर पूर्वाञ्चल
टिटिमा कान्तिपुर, शिक्षादीप, मेरील्याण्डलाई उपाधि
हिसान मोरङको आयोजनामा विराटनगरमा भएको टेबल टेनिसमा कान्तिपुर, शिक्षादीप, मेरील्याण्ड र बास्केटबलमा भानु कलेजले उपाधि जितेको हो ।
विराटनगरमा आज सम्पन्न भएको टेवलटेनिस छात्र टिम इभेन्टमा कान्तिपुरले शिक्षादीपलाई ३–० को सेटले पराजित गरी कान्तिपुरले उपाधि जितेको हो । सोही दिन सम्पन्न भएको टिम भइेन्ट छात्रातर्फ शिक्षादीपले मेरील्याण्डलाई ३–२ सेटले पराजित गरी टेबलटेनिसको उपाधि शिक्षादीपले जितेको हो ।
एकल छात्रतर्फ भएको खेलमा मेरील्याण्डका राहुल साहले कान्तिपुरका शुभम श्रेष्ठलाई ३ –१ को सेटले पराजित गरी मेरील्याण्डका राहुल प्रथम भए । त्यस्तै छात्रातर्फ कान्तिपुरकी अन्जली मण्डलले मेरील्याण्डकी अंकिता उदासलाई ३–२ को सेटले पराजित गरी कान्तिपुरकी अन्जली प्रथम भइन् ।
बास्केटबलको उपाधि भानुलाई
आइतबार सम्पन्न भएको बास्केटबलको उपाधि भानु कलेजले जितेको छ । भानुले मेरील्याण्डलाई २३–१९ पैइन्टले पराजित गरी भानुले उपाधि जितेको हो । भानुका श्रीजल प्रतियोगिताको उत्कृष्ट खेलाडि घोषित भए ।
फुटबलमा अरनीको र लर्डबुद्ध सेमिमा प्रवेश
स्थानिय सहिद रङगशालमा फुटबलको पहिलो खेलमा अरनीकोले दिल्ली पब्लिकलाई टाईब्रेकमार ४–१ गोल अन्तरले हराउँदै अरनीको कलेज सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारीत समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
टाइब्रेकरमा अरनीकोका मलिन कार्की, भास्कर चौधरी, सूर्य राजवंशी, ज्ञानबहादुर मगरले गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ म्याच अरनिको ज्ञानबहादुर मगर घोषित भए ।
दोस्रो खेलमा लर्डबुद्ध कलेजले उर्लाबारीमा रहेको नेपाल दर्शन कलेजलाई टाईब्रेकरमा २–१ गोल अन्तरलले पराजित गरी लर्डबुद्ध सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको हो ।
टाईब्रेकरमा लर्डबुद्धका निश्चीत पुरी र अजय कार्की गोल गरे भने नेपाल दर्शका रोर्बट घिमिरेले मात्र गोल गर्दा पराजित भयो । खेलको म्यान अफ म्याच लर्डबुद्धका गोल किपर नविन थापा घोषित भए ।
भलिबलमा लर्डबुद्ध, शिक्षादीप र अरनीको विजयी
छात्रा भलिबलमा लर्डबुद्ध, शिक्षादीप र अरनीको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् । विराटनगकरो कोशी क्याम्पसको खेल मैदानमा भएको महिला भलिबको पहिलो खेलमा लर्डबुद्धले मोर्डन एरालाई ११–२५, २५–२०, २६–२४ सेटले पराजित गरी लर्डबुद्ध दोस्रो चरणमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा शिक्षादीपले नेशनल एकाडेमीलाई २५–६, २५– १८ को सोझो सेटले पराजित गरी शिक्षादीप दोस्रो चरणमा प्रवेश गरेको हो ।
तेस्रो खेलमा अरनीको कलेजले कान्तिपुरलाई २५–१७, २५– १६ को सोझो सेटले पराजित गरी अरनीको दोस्रो चरणमा प्रवेश ग¥यो ।