पूर्वाञ्चल खबर
हिसान मोरङको आयोजनामा विराटनगरमा भएको टेबल टेनिसमा शिक्षादीप, कान्तिपुर, मेरील्याण्ड, पुरुष भलिबलमा मोर्डन एरा, कान्तिपुर र क्रिकेटमाकान्तिपुर विजयी भइ फाइनलमा प्रवेश गरेको हो ।
क्रिकेटमा कान्तिपुर फाइनलमा
बैजनाथपुरको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा कान्तिपुर कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । कान्तिपुरले भानुमेमोरियल कलेजलाई ३ विकेटले पराजित गर्दे उपाधि नजिक पुगेको हो ।
टस हारेर ब्याटिङ गरेको भानले निर्धारित २० ओभरमा ९ विकेटको गुमाई १ सय १९ रन बनायो । जसमा नविन यादवले ३६ रन , गौरव लाभले २२ रन र भूपेश पासवानले २१ रन बनाए । कान्तिपुरका बब्लु राजवंशीले ३ विकेट र सन्धिर रजकले २ विकेट लिए ।
जवाफमा १ सय २० रनको विजयी लक्ष्य पछ्याएको कान्तिपुरले निर्धारित ओभरमा ७ विकेटको गुमाई सो विजय लक्ष्य भेटाएको थियो । जसमा बब्लु राजवंशीले १९ रन , अजय यादव र एमएस न्यौपानेले समान १५–१५ रन बनाए । भानुका विकास साह र नविन यादवले २–२ विकेट लिए ।
खेलको म्यान अफ द म्याच कान्तिपुरका बब्लु राजवंशी घोषित भए । उपाधि जितका लागि सोमबार शिक्षादीप र कान्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।
फुटबलमा डिपिएस र लर्डबुद्ध क्वाटरफाइनलमा प्रवेश

मध्यान्तरपछि ३७ औं मिनेटमा यूरोकिड्सका विकल्प चौधरीले गोल गरी जाली चुमे ।यूरोकिड्सले गोल गरेको १० मिनेट नबित्दै डिपिएसका प्रताब चौधरीले ४८ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफदेखि दबाबमा राखेको डिपिएसले ५३ औं मिनेटमा मिलन राईले गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच डिपिएसका प्रताब घोषित भए ।
दोस्रो खेलमा लर्डबुद्धले सिटी कलेजलार्य २–० को गोलले पराजित गरी लर्डबुद्ध क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितका लागि लर्डबुका अजय कार्कीले एक्लै दुई गोल गरे । उनले खेलको ९ औ मिनेट र ५० औ मिनेटमा गोल गरी टिमलाई क्वाटफाइलनमा पु¥याए । खेलको म्यान अफ म्याच पनि दुई गोल गर्ने अजय घोषित भए ।
टेबल टेनीसमा शिक्षादीप, कान्तिपुर र मेरील्याड विजयी

छात्रातर्फको टिम इभेन्टमा शिक्षादीपले भानुलाई ३–१ को सेटले पराजित गरी शिक्षादीप फाइनल यात्रा तय ग¥यो भने मेरील्याण्डले अरनीकोलाई ३–० को सेट अन्तरले पराजित गरी मेरील्याण्ड फाइनलमा प्रवेश गरेको हो । फाइनलमा मेरील्याण्ड र कान्तिपुले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै छात्र सिङगल इभेन्टमा मेरील्याण्डका राहुल साहले शिक्षादीपका खुबलाल साहलाई ३–० को सेटले पराजित गरी राहुल फाइनलमा प्रवेश गरे भने कान्तिपुरका सुभम श्रेष्ठले अरनीकोका सुभव कार्कीलाई ३–१ को सेटले पराजित गरी सुभम फाइनलमा पुगे ।
छात्रातर्फको सिङगत इभेन्टमा कान्तिपुरकी अञ्जली मण्डलले शिक्षादीपकी अंसु श्रेष्ठलाई ३–२ को सेटले हराउँदै अञ्जली फाइनलमा पुगिन् भने मेरील्याण्डकी अंकिता उदासले अरनीकोकी अनुपा भट्टराईलाई ३–० को सेटले पराजित गरी अंकिता फाइनलमा पुेगेकी छिन् ।
भलिबलमा मोर्डन एरा कान्तिपुर फाइनलमा
विराटनगरको कोशी क्याम्पसमा भएको पुरुष भलिबलको पहिलो खेलमा मोर्डन एराले लर्डबुद्धलाई २५–१५, २५–९ र २५–१९ को सोझो सेटले पराजित गरी मोर्डन एरा फाइनल यात्रा तय ग¥यो ।
दोस्रो खेलमा कान्तिपुरले ग्रिनल्याण्डलाई २५–१५, २५–२२ र २५–१५ को सोझो सेटले पराजित गरी कान्तिपुर फाइनलमा प्रवेश गरेको हो । माघ १६ गते हुने भलिबलको फाइनलमा मोर्डन एरा र कान्तिपुर कलेजबिच प्रतिस्पर्धा हुनेछ ।