पूर्वाञ्चल खबर
हिसान मोरङको आयोजनामा विराटनगरमा भएको बास्केटबलमा विराटनगरमा रहेको भानु, मेरील्याण्ड, क्रिकेटमा शिक्षादीप विजयी भइ फाइनलमा प्रवेश गरे भने फुटबलमा ग्रिनल्याण्ड, मेरील्याण्ड, पुरुष भलिबलमा मोर्डन एरा, कान्तिपुर विजयी भइ सेमिफाइलनमा प्रवेश गरेका हुन् ।
क्रिकेटमा शिक्षादीप फाइनलमा प्रवेश

१ सय ७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एभरेष्टले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ५७ रनमै समेटियो । जसमा सौगात ढकालले १६ रन र आयुष श्रेष्ठले ११ रन बनाए । शिक्षादिपका रेवती यादवले ३ विकेट र अमन अलीले २ विकेट लिए । म्यान अफ द म्याच शिक्षादीपका रेवती यादव भए । शनिबारको अन्तिम सेमिफाइनल खेल कान्तिपुर कलेज र भानुमेमोरियल कलेजबीच हुनेछ ।
फुटबलमा ग्रिनल्याण्ड र मेरील्याण्ड सेमिफाइनलमा प्रवेश
स्थानिय सहिद रङ्गशालामा भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजलाई २–० गोल अन्तरले पराजित गरी ग्रिनल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको सुरुवातदेखि दबाबमा राखेको कान्तिपुरलाई ग्रिनल्याण्डका शरद राईले पहिलो हाफको २६ औं मिनेट र दोस्रो हाफको १४ औं मिनेटमा गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यादन अफ द म्याच ग्रिनल्याण्डका मौसम सुब्बा घोषित भए ।
दोस्रो खेलमा कोवासलाई २–० गोल अन्तरले पराजित गरी मेरील्याण्ड सेमिफाइलनको यात्रा तय ग¥यो । निकै रोमान्चक भएको खेलमा पहिलो हाफसम्म गोल रहित खेल बराबारी भयो । दोस्रो हाफदेखि आक्रमक रुपमा मैदान उत्रिएका मरील्याण्डका विजयी पोखरेलले ३६ औं मिनेटमा गोल गरी अग्रता दिलाए । खेलको अन्त्यमा थप गरिएको अतिरिक्त समयको ६१ औं मिनेटमा मेरिल्याण्डका पोखरेलले थप गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच मेरील्याण्डका स्वीकार भट्टराई घोषित भए ।
बास्केटबलमा भानु र मेरील्याण्ड फाइनलमा प्रवेश
विराटनगरमा रहेको मेरील्याण्ड कलेजको खेल मैदानमा भएको बास्केटबलमा भानु कलेज ‘वाक ओभर’ को आधारमा फाइनलमा प्रवेश गरेको छ । लर्डबुद्ध कलेज निर्धारीत समयसम्म खेलमैदानमा नआएपछि आयोजकले ‘वाक ओभर’ को आधारमा भानुलाई विजयी घोषणा गरेको हो । जितसँगै भानुले आइतबार हुने फाइनलमा विराटनगरमा रहेको मेरील्याण्ड कलेजसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो खेलमा मेरील्याण्ड कलेजले सेमिफाइनलमा कान्तिपुर कलेजलाई ३८–१३ पइन्टले पराजित गरी मेरील्याण्डले फाइनलको यात्रा सुरीक्षत गरेको हो । सेमिफाइनको म्यान अफ द बास्केटबल मेरील्याण्डका सार्थक भट्टराईले १४ पइन्ट ल्याएर घोषित भए ।
पुरुष भलिबलमा मोर्डन एरा र कान्तिपुर सेमिफाइनलमा प्रवेश

दोस्रो खेलमा कान्तिपुर कलेजले मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको एभरेष्टलाई २५–२०, २५–१४ को सोझो सेटले पराजित गरी कान्तिपुर सेमिफाइनलको यात्रा तय ग¥यो ।