AArya
RUMPUM
animated ellipse animated ellipse

‘पद्मावत’ को सिनेमा हलबाट फेसबुक लाइभ भिडियो बन्यो भाइरल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७४, शुक्रबार ०६:१७
3
Shares
नयाँ दिल्ली सञ्जय लीला भन्साली निर्देशित बहुप्रतीक्षित फिल्म ‘पद्मावत’ बिहीबारदेखि पदर्शनमा आएको छ।

उग्र विवादका बीच फिल्म भारतका ४ हजार स्क्रिनमा रिलिज भएको छ। हिन्दी, तामिल, तेलुगु भाषामा गरी करिब ८ हजार स्क्रिनमा लाग्ने भनिए पनि राजपुत समुदायको जातीय संगठन करणी सेनाको विरोध र धम्कीका कारण ४ हजार स्क्रिनमा मात्र रिलिज भएको हो।

यसैबीच, रिलिजको दिन नै एक दर्शकले फिल्महलबाटै फेसबुक लाइभ गरिदिएपछि उक्त भिडियो सामाजिक सञ्जालभरि भाइरल बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उक्त लाइभ भिडियो एक फेसबुक पेजबाट लिक भएको थियो। लिक भएको केही क्षणमै लाइभ भिडियो फेसबुकभरि भाइरल बनेको थियो।

करिब २५ मिनेट लाइभ गरिएको उक्त भिडियो १५ हजार बढीले सेयर गरेका थिए। उक्त भिडियो अन्तत: हटाइएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

‘पद्मावत’मा दीपिका पादुकोण, रनवीर सिंह र शाहीद कपुरको मुख्य अभिनय छ। राजपुत समुदायको विषयमा तोडमोड गरी प्रस्तुत गरिएको भन्दै भारतका विभिन्न समुदायको फिल्मको विरोध हुँदै आएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर