AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलको वर्चस्व

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७४, शनिबार १८:००
9
Shares
पुष्पराज थपलीया
विराटनगर, ६ माघ/विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलको वर्चस्व रहेको छ ।

राखेप च्याम्पियनसिप अन्तरगत भएको महिला एकलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलकी मेघा श्रेष्ठले उपाधि रक्षा गरेकी छिन् । आज भएको फाइनल खेलमा श्रेष्ठले मध्यमाञ्चलकै चन्द्रमाया राईलाई ४–१ को सेटले पराजीत गरि उपाधि रक्षा गरेकी हुन् । मध्यमाञ्चलकी एलीजा रञ्जीत र पश्चिमाञ्चलकी प्रिती थापा तस्रो भएकी छिन् ।

महिलाको डवलतर्फ मध्यमाञ्चका चन्द्रमाया राई र एलीजा रञ्जीतकी जोडीले उपाधि हात पारेकी छिन् । उनीहरुको जोडीले मध्यमाञ्चलकै मेघा श्रेष्ठ र आयूस्मा रञ्जीतको जोडीलाई ५–३ को सेटले पराजित गरि उपाधि हत्याउँन सफल भएकी छिन् । त्यस्तै मध्यमाञ्चलकी कृपा शर्मा र सुनीरा थापा तथा सुदुर पश्चिमाञ्चलकी भावना श्रेष्ठ र अस्मीता धामीको जोडीले तेस्रो स्थानमा चित्त बुझाएकी छिन् ।

त्यस्तै गरि महिला टिम इभेन्टस्मा मध्यमाञ्चलले पूर्वाञ्चललाई ३–० को सोझो सेटले पराजीत गरि उपाधि हात पारेको छ भने मध्यमाञ्चल र सुदुर पश्चिमाञ्चल तेस्रो भएका छन् ।

त्यस्तै पुरुष एकलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलका प्रदिप खत्रीले मध्यमाञ्चलकै व्रिजेश पाण्डेलाई ४–१ को सेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ भने पूर्वाञ्चलका यूनेश यञ्जनले मध्यमाञ्चलका अनील साहीलाई ४–२ को सेटले पाराजी गरि फाइनलमा प्रवेश गरेको छ ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर