AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्टस् मिट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७४, शनिबार १४:५४
3
Shares
विराटनगर, ६ माघ / उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) मोरङको आयोजनामा ८ औं हिसान इस्लिङटन स्पोर्टस् मिट हुने भएको छ ।

हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता तयारी बारे जानकारी गराएको छ । माघ ८ गतेदेखि शुरु प्रतियोगितामा २१ विद्यालयका १ हजार ३ सय ८४ विद्यार्थी खेलाडि सहभागि हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले बताए ।

माघ १६ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा करिब ७ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा क्रिकेट, फुटबल, भलीबल, बास्केटबल, टेवल टेनिस र दौड प्रतियोगिता समावेश रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर