पूर्वाञ्चल खबर
आज विराटनगरमा भएको फाइनल चरणको खेलमा मोर्डन एराले ३५ स्कूललाई पछी पार्दै उपाधी हात पारेको हो । उपाधीसँगै मोर्डन एराले १५ हजारका नगदका साथै ट्रफि हात पारेको छ । त्यस्तै एभरेस्ट स्कूल दोश्रो ,मार्टस स्कुल तेस्रो ,सगरमाथा चौथो ,डिफेन्डिङ चाम्पियन जेम्स इनटरनेशनल पाँचौ र राइजिङ बोर्डिङ स्कुल छैटौ भएको छ ।
पुस ३० गतेदेखि शुरु भएको पैतियोगितामा ३६ स्कूलको सहभागि रहेको थियो । विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि बिराटनगर महानगरका मेयर भीम पराजुली, लायन्स क्लबका डिस्ट्रीक गभर्नर लिला ढुङेल काब्रा ग्रुपका निर्देशक नवल किशोर काब्रा,जेसीजका पूर्व अध्यक्ष टिपि आचार्य ,प्रज्वललाल श्रेष्ठ, हरिबाहादुर श्रेष्ठले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।