खबर पूर्वाञ्चल
गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आज श्री नेपाल राष्ट्र मावि अमाहीबेल्हामा शिविर सम्पन्न भएको हो ।
शिविरमा २ सय ८७ जनाको आँखा परीक्षण भएको थियो । शिविरमा आँखा परीक्षण गराएकाहरुलाई निःशुल्क चस्मा र औषधि समेत वितरण गरिएको स्वास्थ्य चौकीको प्रमुख ओमप्रकाश मेहताले बताए ।
शिविरको बर्जु गापा–५ का वडाध्यक्ष किशोरकुमार चौधरीले उद्घाटन गरेका थिए ।