पूर्वाञ्चल खबर
ढकालले आज साँझ ४ः३५ बजेदेखि विराटनगर–९ स्थित आफ्नै निवासबाट तेस्रो वर्ष दण्ड प्रणाम यात्रा सुरु गरेका हुन्। घरमा पूजापाठ गरेपछि भुइँमा सुत्दै दण्डवत् गर्दै उनी घरमै निर्माण गरिएको छठघाटसम्म पुगे। करिब एक किलोमिटर दूरी उनले शरीरलाई भुइँमा सुताएर दण्ड प्रणाम गर्दै पार गरेका थिए। त्यसपछि उनले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरे।
छठ पर्वको अवसरमा हरेक वर्ष गरिने यो कठिन धार्मिक अनुष्ठानलाई उनले व्यक्तिगत मनोकामनामा मात्र सीमित नराखी सबैको सुख, शान्ति र समृद्धिको कामनासँग जोडेका छन्।
लगातार तेस्रो वर्ष दण्ड प्रणाम यात्रालाई निरन्तरता दिँदा पनि आफ्नो आस्था र उत्साहमा कुनै कमी नआएको ढकालले बताए।