RUMPUM
animated ellipse animated ellipse

एसईई परीक्षा जिल्ला कै संरचनामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ माघ २०७४, सोमबार ०७:५९
3
Shares
फाइल तस्वीर
विराटनगर, १ माघ/एसईई परीक्षा जिल्लाकै संरचनामा हुने भएको छ । संघियता कार्यान्यनमा आएर शैक्षिक संस्था स्थानीय तह केन्द्रीत भएपनि यो बर्षको एसईई परीक्षा जिल्ला तहकै संरचनामा हुने भएको हो ।

चैत ८ गतेबाट हुने परीक्षाकालागि जिल्ला शिक्षा कार्यालय मोरङले तयारी पनि थालेको छ । मोरङमा एसईई परीक्षामा १७ हजार १ सय ७० विद्याथी सहभागि हुदैछन् भने एक्जाम्टेड तर्फ ६ सय १९ विद्यार्थी सहभागि हुनेछन् । ती सहभागि विद्यार्थीहरुकालागि ६९ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिए । पुरीका अनुसार निजी र सामुदायीक गरी ३ सय ६८ का विद्यार्थीहरुकालागि जिल्ला तहबाटै तयारी थालिएको हो । परीक्षा चैत ८ गते देखि २० गते सम्म सञ्चालन हुने बताइएको छ ।

गत बर्ष मोरङबाट २० हजार ६ सय ४ विद्यार्थीे एसईई परीक्षामा सहभागी भएका थिए । जसकालागि ६७ परीक्षा केन्द्र तोकिएको थियो । जसमा नियमित तर्फ १७ हजार ८ सय ३३, आंशिक तर्फ एक हजार ९ सय ५७ र एक्जेम्टेडतर्फ ७ सय ६६ सहभागि भएका थिए ।

एलएलसी परीक्षा ग्रेडिङ पद्धतीमा सञ्चालन हुन थालेपछि दोहो¥याएर परीक्षा दिने विद्यार्थी पनि घटदै गएका छन् । यो खबर आजको उद्घोष दैनीकमा छापीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर