पूर्वाञ्चल खबर
सहकारीको आज भएको १८ औं वार्षिक साधारण सभाको अवसर पारेर बराईलीसँगै अन्यलाई सम्मान गरेको हो । बराईलीले वर्षभरीमा उत्कृष्ट कारोबार र ऋण लिएको पैसाँ समयमै बुझाएको भन्दै सहकारीले सम्मान गरेको हो ।
सुनकोशी बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख १६ हजार ८ सय ७७ रुपैयाँ नाफा कमाएको छ ।
सहकारीका अध्यक्ष भक्ति भट्टराईका अनुसार सहकारीको कुल पूजी १ करोड ८६ लाख ९६ हजार १ सय २ रुपैयाँ रहेको छ भने सेयर पूजी ३५ लाख ५१ हजार ८ सय १० रुपैयाँ रहेको छ । सोही अवसरमा उत्कृष्ट नियमित बचत करोबार गर्ने कुमार मगर, दुर्गादेवी नेपाल, उत्कृष्ट बाल बचत कर्ता सुनिता दाहाल, उत्कृष्ट विशेष बचत कर्ता मनमाया कार्की, उत्कृष्ट दैनिकी बचत कर्ता इनद्रमाया लिम्बु, सञ्जय सिंह र जेष्ठ सदस्य उदयपबहादुर थापा, योगमाया लुईटेललगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ मोरङका उपाध्यक्ष सोमनाथ निरौला, कानेपोखरी गाउँपालीका–६ का वडा अध्यक्ष खड्क बस्नेत, जनएकता बचत तथा ऋण सहकारी संस्थाका सचिब अम्बिका अर्याल, रमाइलो बचत तथा ऋण सहरकारी संस्थाका लेखा संयोजक एविन्द्र पाठकलगयाले बोलेका थिए ।