RUMPUM
animated ellipse animated ellipse

गठबन्धनमा कांग्रेसको कम्तीमा १ सय सिटको दाबी रहन्छ : डा.कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०७९, शनिबार १८:५०
126
Shares
विराटनगर /दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले आउँदो निर्वाचनमा कम्तीमा १ सय सिट लिएर प्रतिस्पर्धा गर्नुपर्ने नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा आज आयोजित एकदिवसीय तालिम तथा प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले निर्वाचनमा कम्तीमा १ सय सिट लिएर गठबन्धनसंगै निर्वाचनमा जान सकिने बताएका हुन् । कार्यक्रममा नेता कोइरालाले मुलुक प्रतिकुल अवस्थामा रहदाँ गठबन्धन स्वीकार्दै निर्वाचानमा होमिनुपरेको बताएका थिए । उनले भने, ‘नेपाली कांग्रेस कमजोर छैन । एक्लै निर्वाचनमा जान पनि सक्छ ।’
एकीकृत समाजवादी, एमाले एकै हुदाँ,

माओवादीसंग तालमेल गरेर २०७४ सालको निर्वाचनमा जादाँ समेत नेपाली कांग्रेसले निर्वाचनमा प्रतिस्पर्धा गरेको उनको भनाई छ ।

कार्यक्रममा नेता डा। कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने प्रस्ट पारेका थिए । उनले गठबन्धनमा रहेका पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्र सिट बाडँफाड गरिनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले भने, ‘अन्य दलले हामीलाई धेरै सिट चाहियो भन्नु भयो भने। उहाँहरुले जित्ने अवस्था छ कि छैन हेर्नुपर्ने हुन्छ । २०७४ सालमा एमाले, समाजवादी, माओवादी मिलेर अगाडी बढेका थिए। कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।’

दलीय गठबन्धनमा कति सिट लिन सक्ने भन्ने कुरामा छिनोफानो भएको छैन । गठबन्धनमा कम्तीमा १ सय सिट हुनुपर्नेमा जोड दिए । निर्वाचनमा अन्य दलभन्दापनि जित्नका लागि अघि बढ्नुपर्नेछ ।

२०७४ सालको सिटमा समाजवादी एमालेमा थियो । माओवादी पनि एमालेसंग मिलेको थियो । कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर